२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कतारमा नेपालीले सञ्चालनमा ल्याए कार रिपेएर पसल

Nada
तिलु शर्मा पौडेल
२०८१ चैत १६ गते २३:०६
Shares
कतारमा नेपालीले सञ्चालनमा ल्याए कार रिपेएर पसल

दोहा कतार : वैदेशिक रोजगारीका लागि आकर्षक कर्मभूमी मानिएको मध्यपूर्वको देश कतारमा रोजगारीसँगै व्यवसाय गर्ने नेपालीहरूको संख्या बढ्दो क्रममा छ । विभिन्न व्यवसायमध्ये गाडीको साजसज्जा नेपालीहरूको उपस्थित हुन् नसकिरहेको बेला रुपन्देही बुटवल घर भइ कतारमा रहेका फैजान सौकात अलिले कतार आबुहमुर रोडस्थित रिजेन्सी सिग्नल नजिक ‘काभ्या श्री फर ट्रेडिङ एसोसरिज एण्ड कार रिपेएर’ पसल सञ्चालनमा ल्याएका छन् ।

ncell

उक्त पसलको स्पोन्सर (संरक्षकत्व प्रदान गर्ने व्यक्ति कफिल) र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्टले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका छन् । नेपालीहरूको बाक्लो बस्ती रहेको पार्किङको समेत सुविधा रहेको उक्त पसलमा अनुकूल मिल्नेहरूलाई एक पटक पुगेर सेवा लिन आग्रह गर्दै भट्टले व्यावसायिक सफलताको शुभकामना व्यक्त गरे ।

पसलमा गाडीको सिट कभरहरु, सीसामा हालिने प्लास्टिक फिल्म, कार इन्टरनल फोल्ड, पोलिस, कम्प्युटर चेक, एसी रिपेएर, नयाँ म्युजिक सिस्टम इनस्टल, सबै प्रकारका ब्याट्री, लाइट, खेमा÷टेण्ड लगायतका सुविधा लिन सकिन्छ । 

नेपालमा समेत ग्यारेज व्यवसाय गरी रहेका अलिले आफ्नो पसलमा सेवा लिन आउने सेवाग्राहीलाई गाडी नबनेमा घरसम्म निःशुल्क पु¥याइदिने र गाडीको काम सकिएपछि घरमै लगिदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले गाडी स्टार्ट नभएमा सेवाग्राहीका घर–घरमा पुगेर पनि न्यूनतम सेवा दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कतारमा रहेका व्यवसायीसहित दर्जनौँ व्यक्तिहरूको उपस्थिति रहेको थियो । उक्त पसलका सेवा सुविधा सम्बन्धी थप जानकारी लिन ७१६३७१७१÷७७९७७०४६ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।  

हाल कतारमा वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायिक सिलसिलामा करिब साढे तीन लाख नेपाली रहेका छन् । 


 

ताजा खबर

सम्बन्धित खबर