२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

‘विविधताबीचको एकताले राष्ट्रियता सबल’

Nada
२०८१ चैत १८ गते ११:५९
Shares
‘विविधताबीचको एकताले राष्ट्रियता सबल’

गण्डकीः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको बताएका छन् ।

ncell

इस्लाम धर्मावलम्बीहरुको महानपर्व इद (इद उल फित्र) पर्वका अवसरमा शुभकामना दिँदै उनले यस पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्बर्द्धन र विकासमा टेवा पुग्नुका साथै गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को सङ्कल्पलाई सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

‘पवित्र रमजान महिनाको एक महिने व्रत समापनपछि मनाइने इद उल फित्रको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ मुख्यमन्त्रीद्वारा आज जारी शुभकामना सन्देशमा उल्लेख छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले सुन्दर रहेको जनाउँदै उनले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्व रहेको बताए । उनले यस पर्वले सबै नेपालीलाई आपसी सद्भाव, दिगो शान्ति एवं भाइचारा अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरे ।

ताजा खबर

सम्बन्धित खबर