२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली

draupadi film
मध्यान्ह
२०८१ चैत १८ गते १२:०५
आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले तीनकुने घटनामा भएका सबै गतिविधि निन्दनीय र खेदजनक भएको बताउँदै घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताए । चैत १५ गते राजावादीहरूले आपराधिक घटना गरेको भन्दै पूर्वराजाले पनि उन्मुक्ति नपाउने उनको भनाइ थियो । उनले यो सबै घटनाको जिम्मेवार पूर्वराजा नै भएको दाबी गरे ।

साथै, उनले सोही दिन समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिए ।

ADV

सम्बन्धित खबर

Advertise