२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

गणतन्त्रको पक्षमा रौतहटमा एमालेको मोटरसाइकल र्‍याली

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ चैत १८ गते २०:४३
गणतन्त्रको पक्षमा रौतहटमा एमालेको मोटरसाइकल र्‍याली

रौतहट : गणतन्त्रको पक्षमा नेकपा एमाले रौतहटले विशाल मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ । सोमबार एमाले रौतहटले जिल्लाको मध्यभाग गरुडामा रहेको राम सुगर मिलको प्राङ्गणदेखि गौरसम्म २१ किलोमिटर लामो दूरीको मोटरसाइकल ¥याली प्रदर्शन गरेको हो ।  सदरमुकाम गौरको परिक्रमा गर्दै घण्टा घरमा कोण सभा गरिएको थियो । 

उक्त सभालाई एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय गुप्तासहित जिल्ला अध्यक्ष सचिदानन्द साहले सम्बोधन गरेका थिए । 

केन्द्रीय सदस्य गुप्ताले विभिन्न षड्यन्त्र गरी केही अराजक तत्वले जनतालाई भ्रमित गर्न खोजी रहेको बताए । हजारौं जनताले आफ्नो बलिदानी दिएर ल्याएको गणतन्त्रलाई समाप्त गर्न खोजिरहेको उनको आरोप छ । यो षड्यन्त्र कदापी स्वीकार्य नहुने उनले बताए । 

राष्ट्रवादीहरुले चैत १५ गरेका दिन काठमाडौंको तीनकुनेमा आन्दोलनको नाममा खुलेयाम लुटपाट, तोडफोड र सूचना प्रवाह गर्ने देशको चौथो अंगको रुपमा रहेको पत्रकारको हत्या जस्तो हर्कत गरेकाले दोषीलाई कानूनको घेरामा ल्याउन उनले मांग समेत गरे । मोटरसाइकल ¥यालीमा नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise