२०८१ चैत २५ गते सोमवार / Apr 07 , 2025 , Monday
२०८१ चैत २५ गते सोमवार
Ads

अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते

draupadi film
मध्यान्ह
२०८१ चैत २४ गते ०८:५९
अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते

अर्घाखाँची : अर्घाखाँचीको माला रानीमा भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मालारानी गाउँपालिका-३ लुटिपोखरी-खनदह भित्री सडकखण्डमा  लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जीप (सिंगल क्याब) अनियन्त्रित भई आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा मालारानी-४ का जीपचालक २२ वर्षीय दिलीप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

दुर्घटनामा मालारानी-४ का अन्दाजी १७ वर्षीय भुवन पोख्रेल र १७ वर्षीय वसन्त पोख्रेल घाइते भएका छन् । ती घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ‘रेफर’ गरिएको छ । जीप सडकबाट झन्डै २०० मिटर तल खसेको र घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मल्लले बताए  ।

ADV

सम्बन्धित खबर

Advertise