२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्र ठैबमा

Nada
दीपकप्रसाद घिमिरे
२०८२ वैशाख ६ गते २२:१०
Shares
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्र ठैबमा

ललितपुर : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको पाटन सेवाकेन्द्र ठैबमा शुभारम्भ भएको छ । ललितपुरको पुल्चोकस्थित सञ्चालनमा रहेकको साविक पाटन बहुउदेश्यीय सहकारी संस्था र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण प्रकृया सम्पन्न भई पाटन सेवाकेन्द्र गोदावरी नगरपालिका वडा–१४, ठैबमा सञ्चालन भएको हो । 

ncell

आइएलओका बोर्ड मेम्बर तथा चन्द्रागिरि साकोसका सल्लाहकार योगेन्द्रकुमार कुँवरको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त सेवाकेन्द्रबाट वैशाख ६ गते नै ७० जना नयाँ व्यक्तिहरूले सदस्यता लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए । कार्यक्रमका प्रमुख अतिथि कुँवरले चन्द्रागिरि साकोसले सहकारी अभियानमा सकारात्मक सन्देश जाने गरी सदस्यहरूको सेवा व्यवस्थापन गरेकोमा आफू खुशी रहेको उल्लेख गर्दै सहकारी क्षेत्रको छबी राम्रो बनाउनमा पनि योगदान रहनेगरी अगाडि बढ्ने भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । 

कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराजा घिमिरे र १४ का अध्यक्ष निरोज बज्राचार्यले सहकारी अभियानमा चुनौती बढिरहेको समयमा समुदायमा उत्कृष्ट सेवा प्रवाह गर्दै आएको चन्द्रागिरि साकोसले ठैबबाट सेवा प्रवाह गरेकोमा खुशी व्यक्त गरेका थिए । साथै, संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ संस्थाको संक्षिप्त परिचय, वस्तु तथा सेवा र भावी योजनाको बारेमा प्रस्तुतीकरण राखेका थिए भने सञ्चालक तथा सेवाकेन्द्र व्यवस्थापन उप समितिका सदस्य राजेश महर्जनले चन्द्रागिरि साकोस र पाटन बहुउद्देश्यीय सहकारीको एकीकरण सम्बन्धी चर्चा गरेका थिए । 
त्यस्तै, संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले चन्द्रागिरि साकोसमा २२ हजार जना शेयर सदस्य आबद्ध भएको उल्लेख गर्दै तीन अर्ब ६३ करोड कुल सम्पत्ति रहेकाले गोदावरी नगरपालिका क्षेत्रमा सदस्यहरूलाई सन्तुष्टी हुने गरी सेवा प्रदान गरिने प्रतिबद्धता जनाए । 
कार्यक्रममा संस्थागत पुँजी कोषमा २१ करोड रहेको उल्लेख गर्दै ऋण लगानी २ अर्ब ३० करोड र तीन अर्ब बचत रहेको सिइओ श्रेष्ठले बताए ।

ताजा खबर

सम्बन्धित खबर