२०८२ वैशाख ११ गते बिहिवार / Apr 24 , 2025 , Thursday
२०८२ वैशाख ११ गते बिहिवार
Ads

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको भवन उद्घाटन

draupadi film
प्रचण्ड खत्री
२०८२ वैशाख ११ गते १२:५९
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको भवन उद्घाटन

रुकुम पश्चिम : नेकपा  माओवादी केन्द्र रुकुम पश्चिमको पार्टी भवन उद्घाटन भएको छ । जिल्ला सदरमुकाम मुसिकोट खलंगामा निर्माण भएको भवनको पार्टीका केन्द्रीय उपमहासचिव तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले रिबन काटेर उद्घाटन गरे । २०७८ सालमा निर्माण सुरु भएको भवन करिब ८५ लाख खर्चमा निर्माण सम्पन्न भएको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ ।

पार्टी कार्यालय तीन तले रहेको छ भने हलसहित ६ कोठा रहेको पार्टीका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिए । भवन उद्घाटनसँगै अब उक्त भवनबाट पार्टीका गतिविधि सञ्चालन हुने उनले बताए । 

नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी गतिविधि मुसिकोट नगरपालिका-५ शेरीगाउँबाट सञ्चालन हुँदै आएको थियो । नयाँ र व्यवस्थित भवनले पार्टी गतिविधि सञ्चालनमा सहजता आउने जिल्ला संयोजक रोकाको विश्वास छ । भवनमा जिल्ला पार्टी कार्यालयसहित जन वर्गीय संगठनका कार्यालयहरू समेत रहने उनले बताए ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी कार्यालय उद्घाटन भएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । भवन उद्घाटन कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय स्तरका नेता कार्यकर्ताहरू, जनवर्गीय तथा पेसागत संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise