२०८२ वैशाख ११ गते बिहिवार / Apr 24 , 2025 , Thursday
२०८२ वैशाख ११ गते बिहिवार
Ads

काठमाडौं टावर निर्माणमा नीतिगत भ्रष्टाचार : बालेन

मध्यान्ह
२०८२ वैशाख ११ गते १५:५५
काठमाडौं टावर निर्माणमा नीतिगत भ्रष्टाचार : बालेन

काठमाडौं : काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन व्यावसायिक कम्प्लेक्स (काठामाडौं टावर) मा अनियमितता र नीतिगत भ्रष्टाचार भएको आरोप काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले लगाएका छन् ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् काठमाडौं टावरमा नक्सापासदेखि कसरी अनियमितता भयो भन्ने दाबी प्रमाण उल्लेख गरेका छन् । 

महानगरलाई १ अर्बभन्दा बढीको आर्थिक क्षति हुन सक्ने र ठेकेदारलाई अर्बौंको फाइदा पुग्ने दाबी पनि उनको छ । यो प्रक्रियामा कर्मचारी, जनप्रतिनिधि र ठेकेदारबीच मिलेमतो भएको हुन सक्ने प्रमुख शाहको दाबी छ ।

वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मूल्यांकन हुनुपर्नेमा बेवास्ता गरेर अवैधानिक किसिमले नक्सापास गरिएको बालेनले उल्लेख गरेका छन् ।

भवनको नक्सापासको प्रक्रियामा पनि धेरै गम्भीर त्रुटि भेटिएको र महानगरलाई आर्थिक क्षति पु¥याई केही सीमित व्यक्तिको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको उनको आरोप छ ।

‘⁠टावर निर्माण सुरु गर्नुभन्दा पहिला २२ असार २०७२ मा काठमाडौं उपत्यका विकास प्राधिकरणले बढीमा २.४१ भन्दा माथि जान नमिल्ने अर्थात् १२ तल्लाभन्दा माथि जान नमिल्ने गरी योजनाको अनुमति दिएको थियो । तर तला थप प्रक्रियामा प्राधिकरणबाट कुनै पनि राय अनुमति लिएको पाइएन,’ उनले प्रश्न गरेका छन्, ‘१२ तलालाई १९ तला बनाउँदा पुनः प्लानिङ पर्मिट लिनु नपर्ने हो ? तल्ला थप हुँदै गर्दा वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मूल्यांकन गर्नु नपर्ने हो ?’

भवन निर्माणमा धेरै कुरामा लापरबाही, जबरजस्ती र अवैधानिक काम भएकाले यसले कानुनी प्रक्रिया मात्र मिचिँदैन, भवनबाट जोखिम पनि बढेको प्रमुख शाहले उल्लेख गरेका छन् ।

ADV

सम्बन्धित खबर