२०८२ वैशाख ११ गते बिहिवार / Apr 24 , 2025 , Thursday
२०८२ वैशाख ११ गते बिहिवार
Ads

शिक्षकको समस्या वार्ताबाटै समाधान गर्छु : शिक्षामन्त्री

मध्यान्ह
२०८२ वैशाख ११ गते १८:४५
शिक्षकको समस्या वार्ताबाटै समाधान गर्छु : शिक्षामन्त्री

काठमाडौं : नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूको मागबारे आफू जानकार रहेको बताएका छन् । 

बिहीबार शिक्षामन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पन्तले शिक्षकहरूको समस्या वार्ताबाट समाधान गरी कक्षाकोठामा फर्काउने प्रयास गर्ने बताए ।

उनले भने, ‘अब बोल्ने भन्दा पनि काम गर्ने ठाउँमा आएको  छु । वार्ताबाट शिक्षकहरूको माग सम्बोधन गर्ने प्रयास गर्छु । मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ ।’

विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीमा नियुक्त गरेका छन् । विद्यालय शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षकहरू २३ दिनदेखि काठमाडौंमा आन्दोलनमा छन् ।

पन्तले आफूले पहिलेबाटै शिक्षकहरूलाई सडकमा राख्न नहुने बताइरहेको पनि स्मरण गराए । ‘शिक्षकहरूलाई सडकमा राख्नु हुँदैन भन्दै आएको छु । म उहाँहरूलाई घर फर्काउने गरी समस्याको समाधान गर्न प्रयत्न गर्ने छु ।’

ADV

ताजा खबर

सम्बन्धित खबर