२०८२ वैशाख ११ गते बिहिवार / Apr 24 , 2025 , Thursday
२०८२ वैशाख ११ गते बिहिवार
Ads

प्रधानमन्त्रीको प्रश्न : जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न खोजेको ?

मध्यान्ह
२०८२ वैशाख ११ गते १९:२५
प्रधानमन्त्रीको प्रश्न : जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न खोजेको ?

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुलाई जंगली र राक्षसी प्रवृत्ति देखाएर कस्तो शासन गर्न खोजेको भन्दै प्रश्न गरेका छन् ।

बिहीबार नेकपा एमालेले काठमाडौंमा आयोजना गरेको युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् । उनले लोकतन्त्रको रक्षा र सुदृढिकरणमा लाग्न युवा कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

उनले जनताको बलिदानको र संघर्षको अपमान गर्ने तथा सफलतालाई अस्वीकार गर्ने काम भएको भन्दै त्यस्ता प्रवृत्तिका विरुद्ध युवाहरुले लड्नुपर्ने बताए । आफू सचेत भएर राम्रा कुरा स्वीकार गरेर अघि बढ्नुपर्ने उनले बताए । उनले अबको समय युवाहरुको भएकाले आम्दानी, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने बताए । 

प्रधानमन्त्री ओली पार्टी राष्ट्रिय संकल्पका साथ अघि बढिरहेकै कारण चौतर्फी हमला भइरहेको समेत बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर