२०८२ वैशाख ११ गते बिहिवार / Apr 24 , 2025 , Thursday
२०८२ वैशाख ११ गते बिहिवार
Ads

सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने ४ ट्राफिक प्रहरी कारबाहीमा

मध्यान्ह
२०८२ वैशाख ११ गते १९:४३
सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने ४ ट्राफिक प्रहरी कारबाहीमा

काठमाडौं : सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको घटनामा ४ जनालाई ट्राफिक प्रहरी कारबाहीमा परेका छन् ।

बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त घटनाका ४ जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएको बताएको हो ।

ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको देखिने भिडियो बिहीबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दै ती ट्राफिक प्रहरीले कागजपत्र भुइँमै फ्यालेको पनि देखिन्छ ।

ती व्यक्तिमाथि काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो । साथै घटना गत मंसिर ११ गतेको रहेको प्रहरीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर