२०८२ वैशाख १२ गते शुक्रवार / Apr 25 , 2025 , Friday
२०८२ वैशाख १२ गते शुक्रवार
Ads

अन्नपूर्ण वेस क्याम्प ट्रेकिङ तथा सरसफाइ अभियान सम्पन्न

मध्यान्ह
२०८२ वैशाख ११ गते २१:२३
अन्नपूर्ण वेस क्याम्प ट्रेकिङ तथा सरसफाइ अभियान सम्पन्न

काठमाडौं : नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा ‘अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ तथा सरसफाइ अभियान’ सफलतापूर्वक सम्पन्न भएको छ ।

अध्यक्ष मनोज अग्रवालको नेतृत्वमा तथा उपाध्यक्ष एवं संयोजक नितेश महेश्वरीको समन्वयमा आयोजित  अभियानमा ११ जना युवा र ४ जना युवती सहभागी भएका थिए ।

अभियानको क्रममा झिनु डाँडादेखि अन्नपूर्ण वेस क्याम्पसम्मको सम्पूर्ण मार्गमा नन–रिसाइकल फोहोर संकलन गरी सरसफाइ गरिएको थियो ।

यो अभियानले पर्यावरण संरक्षण, पर्यटन मार्ग सफा राख्ने दायित्व र सामाजिक चेतना अभिवृद्धिमा महत्वपूर्ण सन्देश दिएको छ ।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले आगामी दिनहरूमा पनि यस्ता सामाजिक र पर्यावरणीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर