गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : दार्चुलामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले बन्द घोषणा गरेको दिन एउटा मिनी ट्रकमा आगजनी भएको छ । धनगढीबाट सिमेन्ट लिएर आइरहेको मालबाहक ट्रक सुप्रप ००१ क १५४८ नम्बरको ट्रकमा आगजनी भएको हो ।
शनिवार दिउँसो २:३० बजेतिर शैल्यशिखर नगरपालिकाको वडा नम्बर —९ नक्तडभन्दा माथि( ठूलशैन) जंगल नजिक ट्रकमा आगजनी भएको थियो ।
आगजनीबाट ट्रकको अगाडीको भाग र टायर पुर्णक्षति भएको र भित्र रहेको सिमेन्टसमेत जलेर नस्ट भएको ईलाका प्रहरी कार्यालय गोकुलेस्वरका ईन्चार्ज प्रहरी निरीक्षक खगेन्द्र साउदले मध्यान्हलाई जानकारी दिए ।
देबराज पन्तको नाममा रहेको उक्त गाडीका चालक श्याम बहादुर पाल रहेको वकाइएरो छ । ट्रकमा आगजनी कस्ले गरेको हो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरी निरीक्षक साउदले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies