२०८२ वैशाख १२ गते शुक्रवार / Apr 25 , 2025 , Friday
२०८२ वैशाख १२ गते शुक्रवार
Ads

प्रकृतिलाई बिगारेर आफैं जोखिम ननिम्त्याऔं : गृहमन्त्री लेखक

मध्यान्ह
२०८२ वैशाख १२ गते ११:२३
प्रकृतिलाई बिगारेर आफैं जोखिम ननिम्त्याऔं : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैं जोखिम निम्त्याउन नहुने बताएका छन् ।

२०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो नियतका कारणले प्रकृतिको नियम बिगार्‍यौं भने आफैं जोखिममा पर्ने बताए ।

गृहमन्त्री लेखकले पर्यावरणलाई स्वच्छ राख्नुपर्ने बताउँदै केन्द्र, प्रदेश, स्थानीय सरकार मिलेर विपद्को न्यूनीकरण गर्न जरुरी रहेको बताए । उनले आजको दिन विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा यस्ता पीडाबाट सुरक्षित हुन्छौं भन्ने प्रतिबद्धता पनि व्यक्त गर्ने दिन रहेको उल्लेख गरे ।

सरकार भनेको प्रधानमन्त्री, मन्त्रीहरु मात्रै नभइ समग्र नागरिक रहेको बताए । नागरिकहरु कुनै न कुनै हिसावले सरकारसँग जोडिने भएकाले सबै मिलेर विपदबाट जोगिनका लागि काम गर्नुपर्ने उनले सुझाव दिए । उनले प्रकृति नियमले र मानिस नियतले चल्ने भएकाले मानिसको नियतका कारण प्रकृतिको नियम बिगार्न नहुने बताए । 

गृहमन्त्री लेखकले नेपाल अत्यन्त जोखिमपूर्ण भूगोलमा रहेको उल्लेख गर्दै जुनसुकै बेलामा जे पनि हुनसक्ने स्थिति रहेकाले सतर्क भएर रहनुपर्ने बताए । अतिवृष्टि, खोलानालामा बाढी आउने र पहिरो जाने कुराको केही पूर्वानुमान गर्नसके पनि भूकम्पको बारेमा पूर्वानुमान गर्न नसकिने उल्लेख गरे ।

ADV

सम्बन्धित खबर