२०८२ वैशाख १२ गते शुक्रवार / Apr 25 , 2025 , Friday
२०८२ वैशाख १२ गते शुक्रवार
Ads

सिन्धुपाल्चोकमा भूकम्प

मध्यान्ह
२०८२ वैशाख १२ गते १२:३५
सिन्धुपाल्चोकमा भूकम्प

काठमाडौंः सिन्धुपाल्चोकमा भूकम्प गएको छ । शुक्रबार बिहान ११ बजेर ५३ मिनेटमा जिल्लाको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा महसुस गरिएको केन्द्रकाे भनाइ छ । भूकम्पले कुनै क्षति भने नगरेको जनाइएको छ । 

१२ वैशाख २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट गोरखासहित १४ जिल्ला अतिप्रभावित बने भने ३१ जिल्लामा क्षति भयो । 

भूकम्पबाट करिब ९ हजार मानिसले ज्यान गुमाएका थिए भने २२ हजारजति घाइते भएका थिए । ५ लाख घर पूर्ण ध्वस्त भएका थिए । यस्तै, करिब ९ लाख भवनमा क्षति भएकाे थियाे । भूकम्पबाट ९०० सम्पदा पूर्ण र आंशिक क्षति भएका थिए । ९ हजार सरकारी भवनहरू क्षतिग्रस्त भएका थिए ।

यो १० वर्षको अवधिमा भूकम्पले क्षति भएका अधिकांश संरचना पुनर्निर्माण भएका छन् भने केही पुनर्निर्माणको चरणमा छन् । 

ADV

सम्बन्धित खबर