काठमाडौंः पराराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले थाइल्याण्डमा सम्पन्न युएनएसक्याप सम्मेलनमा आफूले गरेको अध्यक्षताले नेपालको अन्तर्राष्ट्रिय छवि राम्रो भएको बताएकी छन् ।
थाइल्याण्डमा सम्पन्न युनाइटेड नेशन इकोनोमिक एण्ड सोसल कमिसन फर एशिया एण्ड द प्यासिफिक (युनएनएसक्याप) ८१ औँ सम्मेलनमा भाग लिएर शुक्रवार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा. राणाले यस्तो बताएकी हुन् ।
उनले सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको बताइन् । उनले भूपरिवेष्ट्रि तथा ९२ साना राष्ट्रहरु सम्मिलितमा बैठकमा दिगो विकासका लक्ष्यहरु हासिलका लागि क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सहयोगका बारेमा छलफल भएको बताइन् । उनले भ्रमणका क्रममा नेपालमा हुन लागेको सगरमाथा संवादका बारेमा पनि छलपलल भएको बताइन् । नेपालले व्यापारसम्बन्धी पाइरहेको सहुलियतहरु विकासिल राष्ट्रमा स्तरोन्नति भएपछि के हुन्छ भन्नेबारे पनि छलफल भएको उनको भनाइ छ ।
उनले भनिन्, ‘थाइल्याण्डको बैंकमा बैशाख ८ देखि १२ गतेसम्म आयोजित युनाइटेड नेशन इकोनोमिक एण्ड सोसल कमिसन फर एशिया एण्ड द प्यासिफिक (युनएनएसक्याप) ८१ औँ सेसनको अध्यक्षता गरी स्वदेश फर्कदै छु । मैले यूनएनएसक्यापको ओपनिङ सेसन र जनरल डिबेटको पहिलो खण्डको अध्यक्षता गरेकी थिएँ । मसँगै फिलिपिन्स र अरु पनि भ्वाइस प्रेजिडेन्ट भएर उठ्नुभएको थियो र मैले ओपनिङ र जनरल डिबेटको अध्यक्षता गरेपछि उहाँहरुले फेरि अध्यक्षता गर्नुभयो । यो यूएनको प्रणाली हो । एकजना अध्यक्ष र तीन चार जना भ्वाइस प्रेजिडेन्टहरु हुनुहुन्छ । त्यसपछि स्मेसल बडी लिस्ट डिभलप्ड ल्याण्ड लक्ड डिभलपिङ एण्ड स्मल आइल्याण्ड नेशन्स् को समेत अध्यक्षता गरेकी थिएँ । यो ग्रुप अफ कन्ट्रीज चाहीँ ९२ देश हुने रहेछ । त्यसको सेसनमा हामीले त्यसको अध्यक्षताले हामी एलडिसीको पनि अध्यक्ष हो । र नेपालको एउटा छवि इन्टरन्यास्नली अलिकति यसलाई राम्रो गरेको जस्तो हामीलाई लागेको छ । कार्यक्रमको साइड लाइनमा एसको एक्जुकेटिभ सेक्रेटरी महामहिम अर्मिदास आलिस्जाभानाबीच भेटघाट भयो । उक्त भेटमा मैले एशिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सहयोग आदान प्रदान गर्न एस्क्यापले खेल्दै आएको भुमिकाको प्रशंसा गर्दै आगामी दिनमा सो भुमिका थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । यो चाहीँ हामीले दीगो विकासको लक्ष्यहरुलाई यो क्षेत्रले कसरी प्रर्सु गरिरहेको छ यसको लागि उहाँले टेक्निकल सहयोग पनि दिनुहुन्छ । र उहाँहरुले फण्डिङ मेकानिजमहरु अर डिसकसका फोरमहरु पनि अर्गनाइज गर्नुहुन्छ । त्यसमा हामीले कसरी उहाँहरुसँग कसरी लिने र अहिलेसम्म भएको सहयोगको हामीले धन्यवाद दियौँ । उहाँले यहाँ आएर विभिन्न कुराहरुको मिटिङहरु पनि गर्नुहुन्छ । यसले एलडिसीबाट ग्राजुएसन गर्दा व्यापार सम्बन्धी हामीले पाइरहेका सहुलियतहरुमा के हुन्छ, यसको स्टाटेजिहरु कसरी बढाउने भन्ने कुराहरुमा छलफल हुन्छ । र मैले मेरो भ्रमणमा सगरमाथा सम्बादसम्बन्धी पनि त्यहाँ कुराहरु राखेँ । त्यहाँ हुनुभएका प्रतिनिधिहरु युनएसका एक्जुकेटिभ सेक्रेटरी पनि आउँदै हुनुहुन्छ ।’
पराराष्ट्रमन्त्री राणाले सरकार परिवर्तन हुन लागेको भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्ता समाचार हल्ला र मनोरञ्जनका लागि आउने गरेको बताइन् । सरकार परिवर्तन हुँदैछ भन्ने समाचार पढेर आफू छक्क परेको उनको भनाइ थियो ।