२०८२ वैशाख १३ गते शनिवार / Apr 26 , 2025 , Saturday
२०८२ वैशाख १३ गते शनिवार
Ads

आठबिसकोटको काथिना भण्डारी गाउँमा एक घर एक धारा 

पुर्ण कुमार
२०८२ वैशाख १२ गते २०:३०
आठबिसकोटको काथिना भण्डारी गाउँमा एक घर एक धारा 

रुकुम पश्चिम : रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा एक घर एक धारा जडान भएका छन् । नगरपालिकाले विभिन्न निकायसँग सहकार्य गर्दै पालिका भरीनै स्वच्छ खानेपानी पु¥याउने लक्ष्य अनुसार काम तीव्र रूपमा अगाडि बढाएको हो । बिहीबार आठविसकोट नगरपालिका ५ काथीना भण्डारी गाउँमा १ सय ७३ घरधुरीलाई खानेपानीको धारा हस्तान्तरण गरिएको छ । 

कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजकुमार कुमार शर्माको प्रमुख आतिथ्यता तथा पूर्वमन्त्री वीरबहादुर शाहीको विशेष आतिथ्यतामा उक्त धाराको उद्घाटनसँगै हस्तान्तरण गरिएको छ । 

हेल्भेटास नेपालको ५१.५८ पर्सेन्ट आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियान कार्यक्रमको सामाजिक र प्राविधिक सहयोगसँगै स्थानीय पालिकाको २४.२२ पर्सेन्ट आर्थिक सहकार्य र २४.२ पर्सेन्ट स्थानीय जन श्रमदान गरी काथीना भण्डारी गाउँ खानेपानी उपभोक्ता समितिमार्फत कुल १ करोड १५ लाख ३३ हजार ३ सय ६५ रुपैयाँमा धारा निर्माणसम्पन्न भएको नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले बताइन् । नगरपालिकाले पालिकाभित्रका सबै घरमा सफा पिउने पानी पु¥याउने लक्ष्यका साथ काम तीव्र बनाइ रहेको पनि उनले बताइन् । 

घरमा खानेपानीको धारा पुगेपछि स्थानीय सरोज चनेलले महिलाहरु डोकोमा गाग्री राखेर मूल र खोला खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको बताए । कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री शर्माले खानेपानी धारा संरक्षणमा सबै स्थानीयले ध्यान दिनुपर्ने बताए । 

गाउँको नजिकै पानीका मुहानहरु भएपनि स्थानीयवासीहरुले आर्थिक अभावका कारण घर–घरमा धारामार्फत पानी ल्याउन सकेका थिएनन् । नगरपालिकाद्वारा विभिन्न निकायसँगको समन्वय गरेर खानेपानी धारा जडान गरेको वडाध्यक्ष घनश्याम भण्डारीले बताए ।

ADV

सम्बन्धित खबर