२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

शिक्षक महासंघ र सरकारबीचकाे वार्ता निष्कर्षविहीन

shivam cement
२०८२ वैशाख १३ गते ११:०९
Shares
शिक्षक महासंघ र सरकारबीचकाे वार्ता निष्कर्षविहीन

काठमाडौंः नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शनिबार बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता पुन : बस्ने निर्णय भएको बताएका छन् ।

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तालाई निरन्तरता दिने सुवेदीले बताए । यद्यपी, शनिबारको वार्ता भने निष्कर्षविहीन भएको बताए ।

उनले भने, ‘हामीले उठाएका विषयबस्तुको बारेमा मन्त्रीज्यूको उपस्थितिमा  छलफल भयो । छलफल वा संवादलाई निरन्तरता दिने निर्णय भयो । दुई पक्षीय सहमतिमा फेरि बस्ने निर्णय भयो । कहिले बस्ने टुङगो भएन ।’

यस्तै, वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले औपचारिक छलफल र संवादमा निष्कर्षमा नपुगेको बताएका छन् ।

‘हामी औपचारिक छलफल र संवादमा छौं । निष्कर्षमा पुगेका छैनौं’, तिवारीले भने, ‘हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेस्ट जानकारी गराएपछि मात्रै निकाश आउनेछ ।’ उनले अहिले नै आन्दोलन स्थगित नहुने तर केही दिनमा निकास निक्लने विश्वास पनि व्यक्त गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर