काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उनीहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ ।