सुशीला रेग्मी/मध्यान्ह
पाल्पा : विजयपुर कृषि सहकारी संस्था रामपुर नगरपालिका पाल्पाले आलु ब्लक कार्यक्रमको खर्च सार्वजनिक गरेको छ । सहकारीका अध्यक्ष ओमप्रकाश रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
विजयपुर कृषि सहकारीले कृषि ज्ञानकेन्द्र पाल्पाको २३ लाख वजेट सहयोगमा आलु ब्लक कार्यक्रम गरेको छ । अध्यक्ष रेग्मीले रामपुर नगरपालिका वडा नं ६ मा सहकारीमार्फत छ सय रोपनी क्षेत्रफलमा आलु ब्लक कार्यक्रम सञ्चालन भएको जानकारी दिदै कृषि ज्ञानकेन्द्र पाल्पाको २३ लाख र कृषकको लागत सहभागिता २३ लाख गरी कुल ४६ लाखको लागतमा आलु ब्लक कार्यक्रम संचालन गरिएको वार्षिक प्रतिबेदन प्रस्तुत गरे ।
कार्यक्रमका प्रमुख अतिथि कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाका प्रमुख खेमराज घिमिरेले कृषि कार्य गर्न चाहानेलाई सरकारले धेरै सहयोग गरेको बताए । कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले रामपुरमा संचालन भएको आलु ब्लक कार्यक्रम अत्यन्तै राम्रो भएको बताउँदै पाल्पा जिल्लामै रामपुर नमुना कृषिका रुपमा अगाडी बढेको बताए ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय, शिवप्रसाद बण्जाडे लगायतले आफ्ना भनाई राखेका थिए । उपाध्यक्ष घनश्याम देवकोटाको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव एकराज ढकालले गरेका हुन् । कार्यक्रममा सहभागीलाई संचालक समिति सदस्य लेखनाथ रेग्मीले धन्यवाद दिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies