काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको निणर्यलाई सम्मान नगर्ने बताएका छन् ।
मंगलबार मध्यरातमा ट्वीट गर्दै उनले अदालतको निणर्यलाई सम्मान गर्न नसकिने भन्दै अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने दाबी गरेका छन् ।
उनले सरकार सञ्चालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रधानमन्त्रीको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको उल्लेख गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies