२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८२ वैशाख २४ गते ११:०५
Shares
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । 

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ । 

मंगलबार प्रतितोला सुन रु एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सम्बन्धित खबर