काठमाडौं : अनडिमान्ड प्रोफेशनल सर्विस प्लेटफर्म भेटायोले वार्षिक मर्मत सम्झौता प्याकेजहरू प्रदान गरेको छ । ठूला व्यावसायिक ग्राहकलाई लक्षित गर्दै कम्पनीले यस्तो प्याकेज ल्याएको हो ।
एपमार्फत् नै ग्राहकलाई आवश्यक सेवाहरू बुकिङ गर्न सकिने यस भेटायो एपमा प्लम्बिङ, इलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, लन्ड्री, लगायत १५ भन्दा बढी सेवाहरू उपलब्ध रहेको छ । भेटायो ग्राहकहरूको लागि सबै आवश्यक सेवाहरू एकै ठाउँमा पाउन सकिने दरिलो माध्यम हो ।
एएमसी (वार्षिक मर्मत सम्झौता) प्याकेज भेटायोले ग्राहकलाई एक वर्षसम्म नियमित रूपमा मर्मत, जाँच, र आवश्यक सेवा उपलब्ध गराउने सेवा सम्झौता हो । यो प्याकेजअन्तर्गत ग्राहकले चाहेको कुनैपनि सेवाहरू निश्चित शुल्क लिई प्रदान गरिने भेटायोले जनाएको छ ।
एएमसी प्याकेजहरू १५ सय रुपैयाँबाट सुरु हुने, जसमा इलेक्ट्रिक, प्लम्बिङ, एसी रिपेयर प्याकेज मासिक १५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । यो प्याकेज विशेषगरी शिक्षा, स्वास्थ, वित्तीय क्षेत्र, सरकारी कार्यलय, होटेल तथा रेष्टुरेन्ट, कर्पोरेट लगायत अन्य व्यावसायिक भवनहरूको लागि तयार पारिएको प्याकेज हो ।