२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

बजाजको ‘ह्विल अफ मेमोरी’ प्रतियोगिता सम्पन्न

मध्यान्ह
२०८२ वैशाख २४ गते २१:५१
बजाजको ‘ह्विल अफ मेमोरी’ प्रतियोगिता सम्पन्न

काठमाडौं : बजाज नेपालले आयोजना गरेको ‘ह्विल अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न भएको छ । नेपालभरिका बजाज राइडरलाई १२ नेपाली महिना प्रतिनिधित्व गर्ने तस्बिर पठाउन भनिएको थियो । प्रतियोगिताले सिर्जनात्मकता, कलात्मकता र भावनात्मकता समेट्दै उल्लेख्य सहभागिता पाएको बजाजले जनाएको छ ।

प्रतियोगितामा ७० भन्दा बढी सहभागीबाट प्राप्त तस्बिरमध्ये १२ जना विजेता छानिएका छन् । यी विजेताका तस्बिर बजाजको नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा समावेश छ  । बैशाख १६ देखि २७ गतेसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको बजाज ग्रान्ड कर्निभल २०८२ मा पनि प्रदर्शन भइरहेको बजाजले जनाएको छ । विजेताले १० हजार बराबरको गिफ्ट ह्याम्पर पाउने कम्पनीले जनाएको छ ।

ग्रान्ड कर्निभलमा बजाजले ग्राहकका लागि विशेष अफर प्रस्तुत गरेको छ । नागरिकता बोकेर आउने जो–कोहीले कुनै पनि बजाज बाइक शून्य सर्भिस चार्जमा खरिद गर्न सक्नेछन् । साथै, अन द स्पट फाइनान्स, निःशुल्क एसेसोरिज, र २० भन्दा बढी विज्ञ मूल्यांकनकर्ताबाट ग्यारेन्टी गरिएको बाइक मूल्यांकनको व्यवस्था गरिएको छ । नयाँ बाइक किन्नेहरूले ‘बजाज खुसीको मिटर’ खेल्ने अवसर समेत पाउनेछन्, जसबाट थप उपहार जित्न सकिनेछ ।

ADV

ताजा खबर

सम्बन्धित खबर