२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

पाकिस्तानमा भारतले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो

मध्यान्ह
२०८२ वैशाख २५ गते ०९:१५
पाकिस्तानमा भारतले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो

काठमाडौँ : भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । पाकिस्तानी सेनाले उक्त आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ३१ पुगेको बताएको हो ।

राति १:०५ बजेदेखि साढे १ बजेसम्म भारतले पाकिस्तानका नौ स्थानलाई लक्षित गर्दै आक्रमण गरेको थियो । आक्रमणमा ४६ जना घाइते भएका छन् । भारतले उक्त आक्रमण ‘अपरेसन सिन्दुर’ नाम दिँदै पहलगाममा भएको आतंकवादी हमलाको प्रतिउत्तर भनेको छ ।

भारतको हवाई आक्रमणपछि पाकिस्तानले जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल क्षेत्रमा बमबारी गर्दा १० जना भारतीय नागरिकको मृत्यु भएको बताइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतले ठूलो गल्ती गरेको भन्दै त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । भारतले पनि पुनः आक्रमण भए कडा जवाफ दिने बताएको छ ।

फ्रान्सले भारतको समर्थन गर्दै आतंकवादविरुद्धको लडाइँमा साथ रहने विज्ञप्ति निकालेको छ । अमेरिका, चीन र रुसलगायतका देशले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

ADV

सम्बन्धित खबर