एजेन्सी : कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका वा फाइजर–बायोएनटेकको खोप प्रभावकारी देखिएको छ । खोपको पहिलो मात्राले अस्पताल भर्ना गरेर उपचार गर्नु पर्ने अवस्था असी प्रतिशतले घटाएको हो ।
इंग्ल्याण्डमा गरिएको अध्ययनमा खोपको पहिलो मात्राका कारण अस्पताल भर्ना हुने दरमा ८० प्रतिशत भन्दा बढिले कमी आएको देखिएको हो ।
बेलायतका स्वास्थ्य मन्त्री म्याट हानककले खोपको प्रभावकारिता सम्बन्धी पछिल्लो तथ्यांक निकै बलियो रहेको बताएका छन् ।
खोप लगाएको तीनदेखि चार हप्तामा त्यसको प्रभाव देखिएन थालेको पब्लिक हेल्थ इंग्ल्याण्डको तथ्यांकमा देखिएको छ । खोपको पहिलो मात्रा सबैभन्दा पहिले पाएका ८० वर्ष भन्दा माथिका व्यक्तिमा यस्तो देखिएको हो ।
सरकारी वैज्ञानिकहरुले प्रतिवेदनको स्वागत गर्दै पूर्ण प्रभावकारिताका लागि दुवै डोज लगाउनु पर्नेमा जोड दिएका छन् । खोपको प्रभावकारिताले उत्साहित बनाएको बेलायतका स्वास्थ्य अधिकारीले बताएका छन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies