एजेन्सी : इसाई धर्मगुरु पोप फ्रान्सिसले हिंसा र अतिवाद अन्त्यको आह्वान गरेका छन । कोरोना भाइरस संक्रमणपछि पहिलो विदेश भ्रमणका क्रममा इराक पुगेका फ्रान्सिसले हतियारको संघर्ष र हिंसा चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका हुन् ।
इराकी राष्ट्रपति बरहाम सालिहको स्वागत पछि उनले इराकलाई विविधता महत्वपूर्ण स्रोत बनाउन इसाईहरुको महत्वपूर्ण भूमिका रहेको समेत बताए । तीन दिने भ्रमणका लागि पोप फ्रान्सिस शुक्रबार इराक पुगेका हुन् ।
भ्रमणका क्रममा उनले इराकका उच्च अधिकारी र इस्लाम धर्मगुरुसँग पनि भेटने कार्यक्रम रहेको छ । उनले इराकी इसाई धर्मावलम्बीहरुका दुःख पीडाका बारेमा छलफल गर्नेछन् । ८४ वर्षिय पोप फ्रान्सिसलाई सुरक्षा गर्न करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies