तेजबहादुर बन/मध्यान्ह
इटहरी : स्वतन्त्र पत्रकार संघ नेपालको ८ औँ स्थापना दिवसको अवसर पारेर सोमबार सुनसरीको इटहरीमा स्वतन्त्र पत्रकारहरूले प्रभात फेरी, मास्क वितरण तथा अनाथ आश्रमलाई खाद्यन्न वितरण गरेको छ ।
राजनीतिप्रति आस्था बोकेका तर कुनै संगठनहरूमा आवद्ध नभई स्वतन्त्र रूपमा पत्रकारिता गर्दै आएका सुनसरीका स्वतन्त्र पत्रकारहरूको उपस्थितिमा सोमबार प्रभातफेरी र इटहरीस्थित गीतादेवी अनाथ आश्रममा खाद्यन्न वितरण गरिएको हो ।
कोभिड १९ को महामारी अन्त्य नभई सकेको अवस्थालाई मध्यनजर गर्दै पत्रकारहरूको टोलीले इटहरीमा मास्क नलगाइ हिँड्ने पैदलयात्री तथा सर्वसाधरणहरूलाई मास्क वितरण गर्नुका साथै कोरोना भाइरसबारे सचेतना समेत जगाएको थियो ।
संघका सुनसरी अध्यक्ष खगेन्द्र जंग कार्कीको सभापतित्वमा सम्पन्न प्रभातफेरी कार्यक्रममा सुनसरी भरीका २७ जना स्वतन्त्र पत्रकारहरूको उपस्थिति रहेको थियो । प्रभात फेरी अन्तर्गत हटियालाइनबाट शुरू भएको र्यालीले इटहरीको चोकको परिक्रमा गर्दै विराटनगर रोड हुँदै गितादेवी असहाय बाल आश्रममा कोणसभा गरी समापन गरिएको थियो ।
उक्त आश्रममा खाद्यन्न वितरण गर्दै स्वतन्त्र पत्रकार संघ सुनसरीका अध्यक्ष खगेन्द्र कार्कीले आगामी दिनमा संघलाई अझ सक्रिय बनाएर लैजाने प्रतिवद्धतासहित समापन गरिएको थियो । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष सालिग्राम पाण्डे, केन्द्रीय सदस्य मोहन ढकाल, अग्रज पत्रकार तथा कानूनविदहरूको समेत उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies