काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् । सत्ता गठबन्धनदल नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नर बनाउन सहमति भएपछि पौडेलले राजीनामा दिएका हुन् ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा कामु गभर्नर निलम ढुंगानाले अस्वीकार गरेपछि समिति सदस्यमा रहेका पौडेललाई सत्ता गठबन्धनले अगाडि सारेका हुन् । भट्टको विकल्प रोज्न कांग्रेसलाई प्रधानमन्त्री केपी शर्माले ओली आग्रह गरेपछि कांग्रेसले पौडेललाई अघि सारेको हो । १८औँ गभर्नर बनाउन सत्तारुढ दल सहमत भएपछि पौडेलले सिफारिस समितिबाट राजीनामा दिएका हुन् ।
कांग्रेसले पौडललाई २०७८ मा योजना आयोगका उपाध्यक्ष बनेका थिए । डा. पौडेलले अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट पिएडी गरेका छन् ।
यस्तै निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । रिटको मंगलबारलाई पेसी तोकेको छ । नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिमा अधिकारीलाई गैरकानुनी रूपमा राखिएको भन्दै रिट परेको हो ।
अधिवक्ता नवीन घितालले अधिकारी पदमा रहेकै बेला सरकारले सिफारिस समिति गठन गरेकाले सो समितिमा अधिकारीलाई राखिनु गैरकानुनी रहेको भन्दै रिट हालेका हुन् । राष्ट्र बैंकमा गभर्नर बिहीन भएको १ महिना भन्दा धेरै हुँदा समेत सरकारले गभर्नर नियुक्त गर्न नसक्दा नियुक्ति प्रक्रिया नै गिजोलिएको अवस्था छ ।