२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एनएमबिको अगुवाइमा लाप्चे तामाकोशीको वित्तीय व्यवस्थापन

Nada
२०८२ वैशाख २८ गते २०:५६
Shares
एनएमबिको अगुवाइमा लाप्चे तामाकोशीको वित्तीय व्यवस्थापन

काठमाडौं : एनएमबि बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक तथा डायनामिक हाइड्रो ईनर्जी प्रालिबीच ४२ मेगावाट क्षमताको दोलखा विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । सो आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहने भएको हो । 

ncell

४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत सात अर्ब रहने जानकारी गराइएको छ भने बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी पाँच अर्ब २५ करोड रहनेछ । साथै एनएमबिले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ । मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंकले ३४ करोड ऋण लगानी गर्ने भएको छ । 

एनएमबि बैंकको तर्फबाट दिनेश दुलाल (चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ) तथा डायनामिक हाइड्रो ईनर्जी प्रालिको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहबिक्रम कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरे । सोही कार्यक्रममा एनएमबि बैंकका सीईओ घिमिरेले एनएमबि बैंकले हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सुक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराए । 

साथै, अध्यक्ष कार्कीले एनएमबि बैंकसँग यस परियोजना सहित आठ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको छ ।

सम्बन्धित खबर