२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नबिलको पाँचौँ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

Nada
२०८२ वैशाख २८ गते २०:५७
Shares
नबिलको पाँचौँ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

काठमाडौं : नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् ।

ncell

लाउञ्ज उद्घाटन गर्दै डेपुटी सिइओ पाण्डेले भने, ‘नबिल बैंक ग्राहकलाई विश्वस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध छ, ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौं’, उनले भने, ‘ग्राहकसँग कारोबारमा मात्रै सीमित नभई दीर्घकालीन सम्बन्ध बनाउनेमा हामी विश्वास गर्छौं ।’

नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत् ग्राहकले रिलेसनरिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, व्यक्ति केन्द्रित सेवा लिन, सहज बैंंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, र कौशलटार शाखाहरूबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खबर