२०८२ वैशाख ३० गते मङ्गलवार / May 13 , 2025 , Tuesday
२०८२ वैशाख ३० गते मङ्गलवार
Ads

आइएमई ग्रुपको लगानीमा इला होटल सञ्चालनमा

मध्यान्ह
२०८२ वैशाख २९ गते २१:१९
आइएमई ग्रुपको लगानीमा इला होटल सञ्चालनमा

काठमाडौं : आईएमई ग्रुपको लगानीमा आईएमई हस्पिटालीले सोमबार नवलपुरको मौलाकालीमा इला होटल सञ्चालनमा ल्याएको छ । केही महिना अघिमात्र बागलुङमा इला होटलको औपचारिक उद्घाटन भएको थियो । आईएमई ग्रुपले काठमाडौंको चन्द्रागिरिमा चन्द्रागिरि रिसोर्ट, काठमाडौंकै लाजिम्पाटमा होटल ले हिमालय र पोखराको लेकसाइटमा लेक साइट रिट्रिट सञ्चालन गरिरहेको छ । 

मुलुकको विकास र सम्मृद्धिको प्रमुख आधार पर्यटन नै भएको र त्यसैअनुसार पर्यटन पूर्वाधारहरू निर्माण गर्ने क्रममा आईएमई ग्रुप जुटेको सो ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । आईएमई हस्पिटालिटीले मुलुकका सातवटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माण आयोजना अगाडि बढाइरहेको पनि उनले बताए । 

‘हामीले पर्यटकलाई आकर्षित गर्ने, उनीहरूको नेपाल बसाइ र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरू निर्माण गर्नुपर्नेछ । नेपालको संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक विशेषतायुक्त भूगोल र अवस्थितिको अवलोकनका लागि नेपालमा पर्यटकलाई आकर्षित गर्न सक्नुपर्छ’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले बताए । 

पर्यटकको बसाइ लम्बाउन सक्दा थप विदेशी मुद्रा आर्जन हुने, थप रोजगारी सिर्जना हुने, सरकारले थप राजस्व उठाउन सक्ने र व्यवसायीले पनि लाभ लिन सक्ने उनको भनाइ छ ।

ADV

सम्बन्धित खबर