२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

रैथाने बाली संरक्षण गर्न ‘बीउ बैंक’

shivam cement
२०८२ वैशाख ३० गते ०९:५६
Shares
रैथाने बाली संरक्षण गर्न ‘बीउ बैंक’

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका-४ स्थित मूलकोट कृषि सहकारी संस्थाले रैथाने बाली संरक्षण गर्न बीउ बैंक स्थापना गरेको छ । लोप भइसकेका बालीलाई संरक्षण गर्न बीउ बैंक स्थापना गरिएको हो ।

संस्थाका अध्यक्ष झरना पुनले अहिले बीउ संकलन कार्य सुरु गरिएको बताउँदै आगामी दिनमा त्यसलाई उत्पादन गरेर बिक्री गर्ने योजना रहेको जानकारी दिइन्। अहिले ५० भन्दा बढी बालीको बीउ संकलन गरिएको उनले उल्लेख गरिन् ।

“हामीले ५० भन्दा बढी लोप हुने अवस्थामा रहेका बाली संकलन गरेका छौँ, ती बालीको बीउ संकलन गरेर बैंक बनाएका छौँ”, उनले भनिन्, “संकलित बीउ उत्पादन गरेर बजारमा बिक्री गर्ने योजना बनाएका छौँ ।”

कोदो, फापर, स्थानीय धान, भटमास, गहुँ, टमाटर, तिल, गहत, बोरी, टमाटरलगायत बाली उत्पादन गर्ने गरिएको छ । अहिले कतिपय स्थानीय बाली लोप भइसकेका भन्दै यसरी बीउ बैंक निर्माण गर्नु सकारात्मक पक्ष भएको तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखा प्रमुख कुलराज चौधरीले बताए ।

“परम्परागत बाली धेरै लोप भइसकेका छन्”, उनले भने, “यसरी बीउ बैंक स्थापना गरेर संरक्षणको पहल थाल्नु सकारात्मक पक्ष हो ।” यो कार्य सबै कृषि सहकारीहरूले गर्नुपर्नेमा उनले जोड दिए। 

सम्बन्धित खबर