२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण 

Nada
२०८२ वैशाख ३० गते ११:०६
Shares
सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण 

काठमाडौँ : स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ । 

ncell

मंगलबार बिहान ललितपुर महानगरपालिका प्रांगणमा जोशीको अर्धकदको शालिक अनावरण गरिएको हो । महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १०६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले अनावरण गरेका हुन् ।


०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो । 

जोशीको नेपाली साहित्य, संस्कृति, इतिहास र पुरातत्त्वका क्षेत्रमा अमूल्य योगदान छ । उनको स्मृतिमा बनाइएको यो शालिक ललितपुरको सांस्कृतिक पहिचानको प्रतीकका रूपमा रहने विश्वास गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर