सागर भण्डारी/मध्यान्ह
गुल्मी : गुल्मीको एक घटनामा संलग्न अभियुक्त ५७ दिनमा पक्राउ परेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका १ ओरेवा खोलामा घाँस काट्न गएका रेसुङ्गा नगरपालिका १४ का तुलबहादुर विश्वकर्मालाई गोली हानेर हत्या गरेको आरोपमा गुल्मीदरबार गाउँपालिका १ का ३१ वर्षीय पोम बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको हो ।
अभियुक्त घर्तीले आफु सिकार खेल्न जंगल गएको समयमा दिउँसो करिब ३ बजे झाडीमा आएको आवाजका आधारमा बन्दुक चलाएको प्रहरीसँग बयानमा बताएका छन् ।
‘हामीले घटना घटेको ५७ दिनपछि अभियुक्त पक्राउ गरी सार्वजानिक गर्न सफल भएका छौँ’ जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले भने,‘अभियुक्तले हामीसँग आफु सिकार खेल्न गएको र झाडीमा मृगको जस्तो आवाज आएको आधारमा बन्दुक हानेको बताएका छन् ।’
गएको माघ ३ गते दिउँसो करिब ३ बजे पोमबहादुर घर्तीले मृग ठानेर बन्दुक पड्काउँदा तुलबहादुर विश्वकमाको ज्यान गएको अनुसन्धानबाट खुलेको हो । घर्तीले पड्काएको भरुवा बन्दुक अभियुक्त घर्तीले नै बताएको आधारमा लुकाएर राखिएको अवस्थामा प्रहरीले आइतबार बिहान फेला पारेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies