२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

गर्मीको समयमा सूचना नदिई विद्युत् लाइन काटिनु आपत्तिजनकः सांसद शर्मा

Nada
२०८२ वैशाख ३० गते १२:२९
Shares
गर्मीको समयमा सूचना नदिई विद्युत् लाइन काटिनु आपत्तिजनकः सांसद शर्मा

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले जनतालाई सूचना नदिई विद्युत प्राधिकरणले पटक पटक लाइन काट्नु आपत्तिजनक भएको बताएकी छन् ।

ncell

प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा बिना सूचना लाइन काट्न जनता आहत भएको बताइन् । उनले जनताको जीवनमाथि खेलवाड नगर्न प्राधिकरणलाई आग्रह गरिन् । उनले यही साधन स्रोतले यसभन्दा अघि नियमित लाइन दिनसक्ने प्राधिकरण अहिले किन पटक पटक लाइन काटिरहन्छ भनेर प्रश्न गरिन् । 

जनतालाई सूचना नदिई गर्मीको समयमा यसरी लाइन काटिनु दुःखद् भएको भन्दै के यही प्रयोजनका लागि कुलमानलाई हटाउने परिस्थिति जन्मिएको हो भन्दै सांसद शर्माले प्रश्न गरिन् ।

उनले भनिन्, ‘यस्तो प्रचण्ड गर्मीमा विद्युत प्राधिकरणले पटक पटक बिना सूचना लाइन काटेको छ । यसरी घण्टौं लाइन काटिँदा जनजीवन कष्टकर बनेको छ । मध्यरातमा जनता सडकमा आउन बाध्य छन् । प्राधिकरणले जवाफ दिन सक्दैन । यही साधन स्रोतले योभन्दा अगाडि नियमित लाइन दिनसक्ने प्राधिकरण अहिले किन लाइन काट्छ ? जनतालाई सूचना दिँदैन । के यही प्रयोजनका लागि कुलमानलाई हटाउने परिस्थिति जन्मिएको हो ? त्यसैले सम्माननीय सभामुख मार्फत सोध्न चाहन्छु जनताको जीवनमाथि खेलबाड किन ? लाइन नियमितताका लागि रुलिङका लागि सभामुखसँग माग गर्दछु ।’ सांसद शर्माले विद्युत लाइन नियमितताका लागि रुलिङ गर्न सभामुखसँग माग गरिन् ।

ताजा खबर

सम्बन्धित खबर