२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै भारतीय दूतावास अगाडि प्रदर्शन 

Nada
२०८२ वैशाख ३० गते १४:०२
Shares
नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै भारतीय दूतावास अगाडि प्रदर्शन 

काठमाडौंm नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन भएको छ ।मंगलबार काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन भएको हो । 

ncell

नेपाली भूमि भारतमा पार्ने बद्नियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै बिरोध जनाइएको हो । विरुद्ध ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले भारतीय दुतावासमा विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरुले नेपालमाथिको हस्तक्षेप बन्द गर, इण्डियन हस्तक्षेप मुर्दावाद, राष्ट्रपतिदेखि सबै कर्मचारीसम्मको सेवा सुविधा समान गर, गोर्खा भर्तीमा सम्झौता खारेज गर, मिटरब्याजी पीडितको सम्पती फिर्ता गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर