२०८२ वैशाख ३० गते मङ्गलवार / May 13 , 2025 , Tuesday
२०८२ वैशाख ३० गते मङ्गलवार
Ads

सहकारी ठगी प्रकरणमा सांसद माया राईविरुद्ध मुद्दा दायर

मध्यान्ह
२०८२ वैशाख ३० गते १७:३७
सहकारी ठगी प्रकरणमा सांसद माया राईविरुद्ध मुद्दा दायर

काठमाडौंः नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ । सांसद राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा दायर भएको हो ।

स्वर्णलक्ष्मी सहकारी मुद्दाकी आरोपित उनीविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलकाे कार्यालय बबरमहलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनी समानुपातिक सांसद हुन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर