बर्दिया । बर्दियाको सीमा नाकाहरुमा बोर्डर आउट पोष्ट (बीओपी) बिस्तार भएसँगै सशस्त्र प्रहरी बलको उपस्थिति बढेको छ ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सक्रियता बढेपछि अवैध सामग्री ओसार–प्रसार पनि नियन्त्रणमा आएको छ ।
२ चैतमा बर्दिया हेडक्वार्टर र मातहत इकाइहरूबाट खटिएको टोलीले सीमा क्षेत्रबाट अवैध सामग्री बरामद गरेकाे हाे ।
भातरबाट चोरीपैठारी गरि नेपालतर्फ ल्याउँदै गरेको गाडीको टायर, कपडा, सुर्तीजन्य पदार्थ, किराना आइटम लगायत बरामद गरिएको सशस्त्रले जनाएकाे छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाका अनुसार, बरामद भएको ५२ हजार बराबरको सामग्री छोटी भन्सार कार्यालय गुलरियामा बुझाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies