२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

गल्कोट समाज कान्साइले जापानमा ‘नेपाल महोत्सव २०२५’ आयोजना गर्दै

Nada
रामचन्द्र गिरी
२०८२ वैशाख ३० गते २२:११
Shares
गल्कोट समाज कान्साइले जापानमा ‘नेपाल महोत्सव २०२५’ आयोजना गर्दै

जापान : गल्कोट समाज जापान कान्साइले ओसाकामा नेपाल महोत्सव गर्ने भएको छ । ओसाकामा सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल महोत्सवबारे जानकारी गराएको हो । 

ncell

नेपालको भेषभूषा, कला, साहित्य, संस्कार, संस्कृति, सभ्यतासहित प्राकृतिक, धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्व झल्किने गरी नेपाल महोत्सव आयोजना गर्न लागिएको समाजका अध्यक्ष नरबहादुर थापाले बताए । 

जुन महिनाको १४ र १५ तारिक शनिबार र आइतबारको दिन पारेर कान्साईमा नेपाल महोत्सव गर्ने भएको हो । उनले ओसाकामा भएका हाल सम्मका महोत्सव भन्दा फरक र आकर्षक पनि बनाइने बताउँदै यो शुभ कार्यका सबैले साथ दिन समेत अनुरोध समेत गरे । 

नेपालको मौलिक रहन सहन तथा नेपाली जीवन शैलीलाई कलात्मक तरिकाले प्रस्तुत गर्ने गरी जापानी समुदाय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने, नेपालको पर्यटन प्रबद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ जापानको कान्साइमा पहिलो पटक ऐतिहासिक प्रथम नेपाल महोत्सव गर्ने निर्णय कार्यसमितिको प्रथम बैठकले निर्णय गरी सकेको र तदअनुरुप अगाडि बढेको संस्थाका अध्यक्ष थापाले बताए । महोत्सव संचालनका लागि समाजले मूल आयोजक समिति समेत गठन गरेको छ । 

जसमा महोत्सव, संरक्षण समन्वय संयोजक आत्माराम गैरे, महोत्सव, सल्लाहकार समन्वय संयोजक भीम केसी, सूचना तथा प्रविधि समन्वय संयोजक सुमन सापकोटा, विभिन्न संघसंस्था समन्वय संयोजक भीम काउचा, गल्कोट नगरपालिका समन्वय संयोजक शिबु थापा, ताराखोला गाऊँपालीका समन्वय संयोजक, भीम श्रीस, स्टल व्यवस्थान समन्वय संयोजक, दिलिप कँडेल, महिला आर्थिक समन्वय संयोजक ज्योती सापकोटा आचार्य, स्वयंसेवक तथा सुरक्षा समन्वय संयोजक, मनबहादुर सलामी रहेका छन् । 

त्यसैगरी  गल्कोट समाज कान्साइका अध्यक्ष थापा महोत्सव संयोजक हुन् भने कार्यक्रम संयोजक तथा संरक्षक, सुमित खत्री, आर्थिक संयोजक गौरी सापकोटा, सांस्कृतिक संयोजक कुल्बीर थापा र महोत्सव सदस्य सचिव भुवन सापकोटा रहेका छन् । 

पत्रकार सम्मेलनमा गैरआवसीय नेपाली संघ जापानका उपाध्यक्ष कृष्ण गैर, समाजसेवी तुल्सीराम खरेल, आत्माराम गैरेले महोत्सव संचालनबारे आफ्नो धाराण राखेका थिए । 

ताजा खबर

सम्बन्धित खबर