२०८२ जेठ १ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ जेठ १ गते बुधवार
Ads

पत्रकार फणिदेव महतको निधन

मध्यान्ह
२०८२ जेठ १ गते १०:२३
पत्रकार फणिदेव महतको निधन

काठमाडौँ : रौतहटका पत्रकार  फणिदेव महतको निधन भएको छ । लामो समय देखि ब्रेन ट्युमर रोगबाट  पीडित ४८ वर्षीय महतको उपचारको क्रममा काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा  गए राति निधन भएको हो । 

रौतहटबाट दुई दशकभन्दा बढी समयदेखि महत पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । उनी अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका रौतहट संवाददाता थिए । साथै चन्द्रनिगापुर स्थित सञ्चालनमा रहेको रेडियो सुप्रिम र कुलमपाटी डटकमु अनलाईनका सञ्चालक समेत रहेका थिए । 

स्वर्गीय महतले प्रेस चौतारी नेपालको मधेस प्रदेश अध्यक्ष समेत रहेका थिए। महतको श्रीमती र २ छोराछोरी रहेका छन् ।  महतको पार्थिव शरीर चन्द्रपुर नगरपालिका स्थित उनको घरमा राखिएको छ । उनको आजै अन्त्येष्टि गरिने परिवारका सदस्यले जानकारी दिएका छन् । 

ADV

सम्बन्धित खबर