२०८२ वैशाख ३१ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ वैशाख ३१ गते बुधवार
Ads

लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त : गृहमन्त्री लेखक

मध्यान्ह
२०८२ वैशाख ३१ गते १२:५४
लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त : गृहमन्त्री लेखक

विराटनगः गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको  सुरक्षा पहिलो शर्त भएको बताएका छन् ।

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशद्वारा आज आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन गर्दै उनले सुशासन र समृद्धिका पक्षमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

गृहमन्त्री लेखकले शान्तिसुरक्षा कायम गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने स्पष्ट गर्दै अपराधिक गतिविधिमा संलग्न जोसुकै भएपनि तिनलाई कानुनी दायरामा ल्याई दण्डित गर्न सुरक्षा निकायलाई निर्देशन दिए । मुलुकको संविधान र शासन व्यवस्था विरोधी गतिविधि सैह्य नहुने उल्लेख गर्दै उनले तोकिएको कानुनी व्यवस्था कार्यान्वयन गर्नेक्रममा सेवाग्राही जनताको काममा ढिलाइ गर्ने छुट राष्ट्रसेवक कर्मचारीलाई नभएको बताए । 

गृहमन्त्री लेखकले सुमधुर सम्बन्धसहित आमजनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न राष्ट्रसेवक कर्मचारलाई निर्देशन दिए । उनले सीमा क्षेत्रमा हुने चोरी निकासीजस्ता अपराधिक गतिविधिको न्यूनीकरण तथा नियन्त्रणका क्षेत्रमा ३० दिनभित्र अनुभूति हुने किसिमले काम गर्न सुरक्षा निकायलाई निर्देशन दिए । 

देशको रक्षासहित जनताको जिउधनको सुरक्षा गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै उनले लागू औषधिको कारोबार, आत्महत्या, साइवर अपराध र सवारीसाधन दुर्घटनाको न्यूनीकरण तथा नियन्त्रणका लागि सुशासनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर