२०८२ वैशाख ३१ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ वैशाख ३१ गते बुधवार
Ads

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा प्रस्तुत

मध्यान्ह
२०८२ वैशाख ३१ गते १२:५५
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं : भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक प्रस्तुत गरेका हुन् ।

त्यसअघि सांसद प्रेम सुवालले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिएका थिए । सांसद सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले हाउजिङ कति जग्गामा सञ्चालन गर्न पाउँछ भन्नेकुरा विद्यमान कानूनले स्पष्ट गरेको बताए ।

उनले हाउजिङलाई जग्गा किन्न दिने अनुमति सरकारले दिएको र उनीहरुले नम्बरी जग्गा किन्न पाउने बताए । साथै बनाउन दिने अधिकार पनि दिएको उनले बताए । किन्न, बनाउन र बेच्न दिने अधिकार अघिल्लो कानुनमा रहेको र पछि सूचीत आदेश बनाउँदा छुटेकाले अहिले जोडेको बताए ।

ADV

सम्बन्धित खबर