२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

दक्षिण कोरियाका लागि एनओसी आंशिक बन्द

shivam cement
२०८२ वैशाख ३१ गते १६:४५
Shares
दक्षिण कोरियाका लागि एनओसी आंशिक बन्द

काठमाडौं : दक्षिण कोरिया पढ्न जान वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) आंशिक बन्द भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियाका लागि एनओसी पूर्ण रूपमा बन्द नभएको स्पष्ट पारेको छ ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै स्नातकोत्तर तह अध्ययनको लागि नियमनअनुसार वैदेशिक एनओसी प्रदान गरिने जनाएको छ । त्यस्तै २७ वैशाखसम्म आवेदन दिइसकेका सबै प्रकारका आवेदकलाई पनि एनओसी प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले मंगलबार दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको नियमन गर्नुपर्ने अवस्था देखिएको भन्दै एनओसी वितरण स्थगित गरिएको जनाएको थियो । तत्कालका लागि ‘डी टु’ र ‘डी फोर’ भिसामा स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी स्थगित गरिएको हो ।

यी कोर्समा अध्ययन गर्न जाने विद्यार्थीहरूले रोजगारीलाई बढी प्राथमिकता दिएको र अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको मन्त्रालयको भनाइ छ ।

‘पढ्ने समय कम भएका विश्वविद्यालयमा भर्ना भएर पैसा कमाउनतर्फ लाग्दा अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘काम पाउन नसकेकाहरू मानसिक समस्या तथा डिप्रेसनमा पर्ने गरेका छन्, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत विद्यार्थी भर्ना भएकाले समस्या देखिएको हो ।’

नियमन र व्यवस्थित गर्न कार्यदल गठन गरिएको र कार्यदलको सिफारिसका आधारमा थप निर्णय गरिने गरी हालका लागि एनओसी रोकिएको मन्त्रालयले जनाएको छ ।
 

सम्बन्धित खबर