काठमाडौं : पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
२०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
पूर्वसञ्चार मन्त्री बस्नेतविरुद्ध बिहीबार अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
बस्नेतसहित १६ जना प्रतिवादी रहेको उक्त मुद्दामा जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ ।