२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

'नेपालमा चितवन र प्रवासमा कतार गजलको राजधानी हो'

Nada
तिलु शर्मा पौडेल
२०८२ जेठ १ गते २१:१३
Shares
'नेपालमा चितवन र प्रवासमा कतार गजलको राजधानी हो'

दोहा कतार : कतारमा ८९औं पारिजात जयन्ती तथा १५८औं डबलीमार्फत वरिष्ठ साहित्यकार तथा साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी अभिनन्दित भएका छन् ।

ncell

कतारबाट नेपाली साहित्यिक आकाशमा हरेक डबलीमार्फत नयाँ इँट्टा थपिरहेका साहित्यिक संस्थाद्वय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारले संयुक्त रूपमा आयोजना गरेको स्वागत, जयन्ती  तथा  डबली कार्यक्रममार्फत सुवेदी अभिनन्दित भएका हुन् । 

म्याग्दीमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाइरहेका सुवेदी नै विशिष्ट श्रोता रहेको डबली तथा जयन्तीमा पारिजातका बारेमा नवोदितका अध्यक्ष सन्दीप थपलिया ‘सानु’ ले जीवनी वाचन गरेका थिए । 

डबलीमा सर्जक तथा साहित्यकारहरू खिम पुन, सोम थापा, गोविन्द उदासी, सिताराम थापा, सुजता डिसी, सन्दीप थपलिया, सुरेश भट्ट ‘आश्रिन’, विमल सुवेदी, तेज कटुवाल शोभाराम ओली, नारायण भण्डारी ‘निर्जल’ खेमराज  सुवेदी, श्यामराज रानाभाट, सागर नेपाल, यादव रेग्मी लगायतले आफ्ना साहित्यिक रचनाहरू वाचन गरेका थिए । कतारको नेपाली साहित्यको अवस्था र विकासका बारेमा अग्रज साहित्यकार प्रेम प्रसाद भट्टराईले जानकारी गराएका थिए ।

अनेसास कतार च्याप्टरका महासचिव दिलीप पराजुलीले सहजीकरण गरेको कार्यक्रमको अन्त्यमा बोल्दै विशिष्ट श्रोता सुवेदीले नेपालमा चितवन र प्रवासमा कतार गजलको राजधानी रहेको बताए । दर्जनौँ सर्जकका रचना सुनेका सुवेदीले प्रत्येक सर्जकले आफ्ना सिर्जनाहरूलाई अभिलेखीकरण गर्दै इतिहास बनाउन पुस्तक प्रकाशन गर्नेतर्फ जोड दिन आग्रह गरे ।

‘संयुक्त भन्दा कम्तीमा ६४ पेजको किताब बन्छ त्यो प्रकाशन गर्नु पर्दछ’ उनले भने । विगत १५७ महिनादेखि साहित्यिक संस्थाद्वयले हरेक महिनाको दोस्रो शुक्रबार वाचन डबली संचालन गर्दै आइरहेपनि यस पटक अभिनन्दन कार्यक्रमसहित डबली बुधबार साँझ सम्पन्न गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर