२०८२ असार २२ गते आइतवार / Jul 06 , 2025 , Sunday
२०८२ असार २२ गते आइतवार
Ads

'दम्माममा दोस्रो भेट्रान गोल्डकप २०२५'को समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

shivam cement
अन्जान गुभाजु
२०८२ जेठ ४ गते १९:५६
'दम्माममा दोस्रो भेट्रान गोल्डकप २०२५'को समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

दम्माम, साउदी अरब : मुस्लिम धर्मावलम्बीहरूको महान् चाड इद अल फित्रको अवसरमा मार्च ३०-३१, २०२५ मा आयोजित दोस्रो दम्माम भेट्रान गोल्डकप २०२५ को समीक्षा तथा सम्मान कार्यक्रम बिहीबार दम्माम सिकोस्थित होटल होलिडेमा सम्पन्न भएको छ । कार्यक्रममा प्रतियोगिताका प्रमुख प्रायोजकदेखि सहयोगीहरू, सहभागी १६ फुटबल क्लबका प्रतिनिधि र विभिन्न विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए ।

सो अवसरमा प्रतियोगितामा प्रथम स्थान प्राप्त युनाइटेड नेपाल फुटबल क्लब दम्मामलाई ट्रफी, मेडल र साउदी रियाल ७ हजार (नेपाली करिब २ लाख ५२ हजार रुपैयाँ) नगद तथा दोस्रो स्थान प्राप्त सम्रानी फुटबल क्लबलाई ट्रफी, मेडल र साउदी रियाल ४ हजार (नेपाली करिब १ लाख ४४ हजार) नगद पुरस्कार प्रदान गरियो ।

No description available.

कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष पदम महतले गरे भने उद्घाटनका प्रमुख अतिथि नेपाली दूतावासका पूर्वक्षेत्रीय जनसम्पर्क अधिकारी असगर अली, विशिष्ट अतिथि नेपाल सरकारका पर्यटनदूत राजेन्द्र अर्याल, एनआरएन मध्यपूर्व संयोजक रबिना अर्याल, नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष खेम गुरुङ, क्लब सल्लाहकार ओम घलेलगायतले गरे ।

पानसमा बत्ती बालेर र राष्ट्रिय गान गुञ्जाउँदै शुभारम्भ गरिएको समारोहमा क्लब क्याप्टेन मनोज दुराले स्वागत मन्तव्य राखे । त्यसपछि कोषाध्यक्ष सीके चाम्लिङ राईले प्रतियोगिताको आय–व्यय विवरण प्रस्तुत गर्दै कुल आम्दानी ४० हजार ८२४ रियाल र कुल खर्च २८ हजार १०८ रियाल हुँदा खुद नाफा १२ हजार ७१६ रियाल रहेको जानकारी दिए । समीक्षा बैठकअघिसम्मको विवरण अनुसार क्लबको खुद नाफा ७,२४८ रियाल रहेको र बाँकी कबोल रकम ५ हजार ४६८ रियाल रहेको विवरण उपस्थित पदाधिकारी, सल्लाहकार तथा संरक्षक मण्डलले अनुमोदन गरे ।

No description available.

वक्ता तथा अतिथिहरूले प्रायोजक र सहयोगीहरूप्रति आभार व्यक्त गरे र आउँदा दिनमा पनि यस्तै सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए । क्लब अध्यक्ष महतले प्रतियोगिता अवधिमा देखा परेका कुनै पनि कमीकमजोरीप्रति क्षमा याचना गर्दै औपचारिकरूपमा कार्यक्रम समापन गरे ।

समारोहको अन्त्यमा सामूहिक रात्रिभोज र सांगीतिक मनोरञ्जनले माहोललाई थप उल्लासमय बनायो । कार्यक्रम सञ्चालन क्लबका प्रमुख सल्लाहकार रोशन श्रेष्ठले गरे । सोही अवसरमा नेपाली फुटबलको प्रवर्धनमा उल्लेखनीय योगदान पुर्‍याउने कोषाध्यक्ष सीके चाम्लिङ राईलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो ।

क्लबले आगामी प्रतियोगिताहरू अझ व्यवस्थित र भव्य बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise