२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

साउदीमा तेस्रो दम्माम च्याम्पियन कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

Nada
अन्जान गुभाजु
२०८२ जेठ ४ गते २०:२८
Shares
साउदीमा तेस्रो दम्माम च्याम्पियन कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

दम्माम, साउदी अरब : साउदी अरबमा कार्यरत नेपालीहरुद्वारा स्थापित युनाइटेड फुटबल क्लब, दम्मामले तेस्रो दम्माम च्याम्पियन कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। आयोजकका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

ncell

दम्माम शहरको अल तुक्बा अल खोबर क्षेत्रमा आयोजना हुने यो प्रतियोगिताका लागि इच्छुक टिमहरूले मे २३ सम्म नाम दर्ता गराउन सक्नेछन् । टिम दर्ता शुल्क ७७७ साउदी रियाल तोकिएको छ । प्रतियोगिता संयोजक ओमबहादुर कुमालले दिएको जानकारी अनुसार प्रतियोगिताको उद्घाटन जुन ६ मा हुनेछ भने समापन जुन ७ मा गरिनेछ।

प्रतियोगिताको विजेताले ७ हजार ७७७ साउदी रियालसहित च्याम्पियन ट्रफी हात पार्नेछ भने उपविजेताले ४ हजार ४४४ साउदी रियाल, ट्रफी र मेडल प्राप्त गर्नेछ । 

युनाइटेड एफसीका अध्यक्ष युवराज गुरुङले साउदी अरबमा नेपालीहरूबीच आयोजना हुने फुटबल प्रतियोगिताहरूमध्ये यो सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको बताए ।

यसका साथै, प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विधामा पनि पुरस्कार प्रदान गरिनेछ । क्लबका सचिव कमल लो तामाङका अनुसार, यस प्रतियोगिताको मुख्य उद्देश्य परदेशी जीवनको थकानलाई कम गर्नुका साथै नेपाली समुदायबीच आपसी सम्बन्धलाई बलियो बनाउनु, मनोरञ्जन प्रदान गर्नु र खेलकुदप्रति उत्प्रेरणा जगाउनु हो ।

आयोजकहरूले प्रतियोगितालाई सफल बनाउन सबै नेपालीहरूको सक्रिय सहयोग, साथ र उत्साहपूर्ण समर्थनको अपेक्षा राखेका छन् ।

सम्बन्धित खबर