काठमाडौं : साउदी अरेबियाले नेपाललाई २५ टन खजुर उपहारस्वरुप प्रदान गरेको छ । सोमबार कुपन्डोलस्थित साउदी अरेबियाको दूतावासमा नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अबु हैमदले उक्त खजुर प्रदान कार्यक्रमको उद्घाटन गरेका हुन् ।
साउदी सरकारद्वारा राजा सलमान मानवीय सहायता तथा राहत केन्द्रमार्फत नेपाल सरकारलाई उपहारस्वरूप प्रदान गरिएको हो । उद्घाटन समारोहमा गृह मन्त्रालयका उपसचिव छबिलाल पौडेल, विभिन्न संस्थाका प्रमुख तथा विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो ।
सो अवसरमा राजदूत हैमदले गृह मन्त्रालयका उपसचिव पौडेललाई उक्त परिणामको खजुर हस्तान्तरण गरे । राजदूत हैमदले साउदी अरेबियाका दुई पवित्र मस्जिदका संरक्षक राज सलमान बिनअब्दुल अजिज र युवराज तथा प्रधानमन्त्री राजकुमार मोदम्मद विन सलमानको इच्छा अनुसार नेपाललाई उक्त परिमाणको खजुर उपलब्ध गराएको बताए ।
उक्त खजुर नेपालमा रहेका मुस्लिम संघसंस्था, अपांग तथा अभिभावकविहीन बालबालिका, विश्वविद्यालयमा अध्ययनरत छात्रछात्रालाई विवरण गरिने साउदी दूतावासले बताएको छ ।