२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

प्रतिनिधिसभामा विपक्षीको अवरोध कायमै, बैठक आधा घण्टाका लागि स्थगित

shivam cement
२०८२ जेठ १४ गते १३:१२
Shares
प्रतिनिधिसभामा विपक्षीको अवरोध कायमै, बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । ११ बजेका लागि बोलाइएको बैठक १ बजे सुरु भएको थियो । तर विपक्षी दलहरुको अवरोधका कारण बैठक चल्न सकेन ।

आजको बैठक पनि भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले अवरोध गरेका छन् । बैठक सुरु हुनासाथ विपक्षी दलका नेताहरु उठेर विरोध जनाए ।

सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न समय दिने बताउँदै विपक्षी दलका नेताहरूलाई बसेर बैठक अघि बढाउने वातावरण बनाउन आग्रह गरे । 

तर विपक्षी सांसदहरूले भने बैठक अवरोधलाई कायम नै राखेपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर